बारीमै तरकारी कुहिएपछि किसानहरु चिन्तित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बारीमै तरकारी कुहिएपछि किसानहरु चिन्तित

tarkari kuhiyo1

डडेल्धुरा, २६ चैत । लकडाउनका कारण देशका विभिन्न स्थानमा तरकारीको अभाव भन्दै वजार मुल्य आकाशिएका बेला डडेल्धुरामा भने तरकारी बारीमै कुहिन थालेको छ । विक्रिका लागि बजार नपाउनुका साथै बजारसम्म सहज रुपमा पु¥याउन नपाउँदा डडेल्धुरा अमरगढी नगरपालिका ११ फिन्नेकोट गाउँमा वारीमै तरकारी कुहिन थालेको हो ।

लकडाउनका कारण सहज रुपमा वजारसम्म पुर्‍याउन नसक्नुका साथै मागभन्दा बढी उत्पादन हुँदा विशेष गरी फर्सी वारीमै कुहिन थालेको किसानले बताएका छन् । विक्रि हुन नसक्दा तरकारी वारीमै कुहिन थालेपछि यँहाका किसान चिन्तित बनेका हुन् । वारीमा फलेको फर्सी लगायतको तरकारी वजारमा बिक्रीका लागि लान नसक्दा वारीमै कुहिएर लाखाँै मुल्य बराबरको क्षति भएको अमरगढी नगरपालिका–११ फिन्नेकोटका किसानको गुनासो छ ।

विक्रि नहुँदा किसानले वारीवाट टिप्नै छोडेपछि फर्सी कुहिन थालेको छ । लक डाउनका कारण सहज रुपमा यातायत संचालन नहुँनुका साथै वजारमा पसल पनि नखुल्दा किसानले फर्सी विक्रि गर्नका लागि वजार सम्म पुर्‍याउन सकिरहेका छैनन् । डडेल्धुरा वजारमै प्रतिकिलो ५० रुपैयाँमा विक्रि भईरहेको फर्सीलाई गाउँमा गएका व्यापारी भने लकडाउनको वहाना गर्दै प्रतिकिलो १० रुपैयाँमा किसानबाट किन्ने गरेका छन् ।

लक डाउनको कारण देखाउँदै व्यापारीहरुले मनपरी रुपमा मुल्य घटाएर किसानवाट फर्सी किन्ने गरेकाले किसानहरु झनै मर्कामा परेका छन । फिन्नेकोटका गाउँभरीमा फर्सी उत्पादन भएको भएपनि वजारमा विक्रि नहुँदा वारीमै कुहिदा किसानहरु गाईगोरुलाई खुवाई रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);