खुर्सानी बजारसम्म पुग्न नसक्दा बारीमै कुहिए | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

खुर्सानी बजारसम्म पुग्न नसक्दा बारीमै कुहिए

पाल्पा, २१ असार। पाल्पामा व्यवसायिक रुपमा खुर्सानी खेतीमा लागेका कृषकहरु यतिखेर मर्कामा परेका छन् । खुर्सानीको पकेट क्षेत्र कै रुपमा विस्तार गरिएको ठाउँका खुर्सानी पनि लकडाउनका कारण बजारसम्म लैजान नसकेर बारी मै कुहिने अवस्थामा पुगेपछि कृषकहरु चिन्तित भएका हुन्।

लकडाउनका कारण होटल तथा रेष्टुरेण्टहरु बन्द हुनु, सार्वजनिक यातायातका साधन बन्द हुनु र साना कृषकहरुको बजारसम्म पहुँच नहुँदा खुर्सानी बारी मै कुहिन थालेको हो। पाल्पाको बग्नासकाली गाँउपालिकाले चितुङ्गधारा र माथागढी गाँउपालिकाले झडेवालाई पकेट क्षेत्रको रुपमा विस्तार गरेका छन् ।

स्थानिय सरकारको निमार्ण पछि स्थानिय सरकारको सहयोग र समन्वयमा कृषकहरुले व्यवसायिक रुपमा खुर्सानी खेती गरी खुर्सानी बालीलाई प्रमुख नगदे वालीको रुपमा अपनाउँदै आएका छन् । तर बगनासकाली गाँउपालिकाले १ सय रोपनी क्षेत्रफललाई खुर्सानीको पकेट क्षेत्र बनाए पनि लकडाउनका कारण कृषकले उत्पादित वस्तुलाई बजारीकरण गर्न नपाउँदा कृषकहरु मारमा परेका छन् ।

कृषकहरुले उन्नत, हाईव्रिड जातका विउ प्रयोग गरी खुर्सानीको व्यवसायिक खेती गर्दै आएका हुन् । लकडाउनका कारण होटल तथा रेष्टुरेण्टहरु बन्द हुनु, सार्वजनिक यातायातका साधन बन्द हुनु र स–साना कृषकहरुको बजारसम्म पहुँच नहुँदा लाखौ रुपैँयाको उत्पादित खुर्सानी यतिवेला वारीमै कुहिने अवस्थामा पुगेको कृषकहरुको गुनासाे  छ ।

सदरमुकाम तानसेनसँगै सिमाना जोडिए पनि बजारीकरणमा समस्या भएका कारण कृषक थप मर्कामा परेका छन् । खुर्सानी विक्री हुन नसक्दा आफूहरुको आम्दानीको मुख्य श्रोत नै बन्द भएको कृषकहरु बताउँछन् ।

नगदेवालीका रुपमा स्थापित हुन लागेको खुर्सानी खेतीलाई मौसमी प्रतिकुलता, सडक अवरुद्ध हुँदा पनि कृषकहरुलाई थप समस्या परेको छ। लामो समयसम्म भएको लकडाउनको प्रभावलाई न्यूनिकरण गर्न स्थानिय सरकारले ढुवानी अनुदान, कृषि एम्बुलेन्स सञ्चालन गरेपनि कोरोना नियन्त्रणमा स्थानीय सरकारको ध्यान केन्द्रीत हुँदा कृषकको समस्या ओझेलमा परेको हो ।

खुर्सानी लगायतका नगदेबालीहरु देशका आम किसानको जीवन स्तर सुधारमा महत्वपुर्ण सावित भएका छन् । किसानले उत्पादन गरेका नगदेबालीले बजार नपाउँदा उनीहरुको मनोबल खस्कन पुग्दछ । यसबाट किसानहरुमा नैराश्यता उत्पन्न भई उनीहरु नगदे बाली खेतीबाट पलायन हुने सम्भावना रहने हुँदा सरोकारवालाहरुले समयमै यसतर्फ सोच्नुपर्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);