शैल्यशिखर धाममा पुजन जात्रा सुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

शैल्यशिखर धाममा पुजन जात्रा सुरू

दार्चुला,२१ असार । मालिकार्जुन गाउँपालिका ३ शैल्य शिखरमा शैल्य शिखर पुजन जात्रा लागेको छ । प्रत्येक वर्ष असार शुक्ल चतुर्दशीका दिन शैल्य शिखर पुजन जात्रा र कार्तिक शुक्ल तृयोदशीका दिन मालिकार्जुन शैल्य शिखरमा जात्रा लाग्ने गर्दछ ।

हिन्दुहरुको सात धाम मध्येको एक धाम रहेको शैल्य शिखर मा व्रतबन्ध गरेका पुरुष र विवाहित हिन्दु महिला हरुले ७ दिन सम्म व्रतबसी मात्र शैल्य शिखरको यात्रा गर्ने चलन रहेको छ । शैल्य शिखर यात्रा गर्नाले पापहरुको नास हुने र मनोआकाँक्षा पुरा हुने धार्मिक मान्यता रहँदै आएको छ ।

मालिकार्जुन मन्दिरबाट ६ घण्टाको पैदल यात्रा पछि शैल्य शिखर पुगिन्छ । यस वर्ष कोरोना भाईरस संक्रमणका कारण नेपाल भारत सिमा नाका बन्द रहेको हुनाले र लामो दुरीका यातायातका साधनहरु सञ्चालन नभएका कारणले गर्दा भारत लगायत बाहिरी जिल्लाका यात्रुहरुले शैल्य शिखर यात्रा गर्न नपाउँदा यात्रुको संख्या न्युन रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);