दार्चुलामा चरेशसहित दुइ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

दार्चुलामा चरेशसहित दुइ जना पक्राउ

दार्चुला, १७ असोज । दार्चुलामा लागुऔषध चरेशसहित दुइ जना पक्राउ परेका छन् । मंगलबार राति दार्चुलाको शैल्य शिखर नगरपालिका–३ कर्कले बाट ४ किलो १०० ग्राम चरेश सहित दुइ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मार्मा गाउँपालिका–१ ताकुका २८ वर्षिय बिर्ख सिंह ठगुन्ना र मार्मा– १ घोल्जरका २० वर्षिय सहदेव सिंह ठगुन्ना रहेका छन्

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले शैल्य शिखर न पा ३ कर्कले मा चेक जाँच गर्दा ४ किलो १०० ग्राम चरेससहित उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।

पक्राउ परेका दुवै जना लाइ जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याउदै गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);