दार्चुलाबाट चरेशसहित दुइ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

दार्चुलाबाट चरेशसहित दुइ पक्राउ

charesh

दार्चुला, २७ भदौ । दार्चुलामा लागुऔषध चरेशcसहित दुइ जना पक्राउ परेका छन् । मंगलबार दार्चुलाको शैल्य शिखर नगरपालिका ९ नायल बाट ८ किलो ८५० ग्राम चरेश सहित दुइ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बैतडि को पुर्चौडी नगरपालिका ४ भाटनाकि अन्दाजी ३५ वर्षीय भावना धामी र सोहि ठाउ का अन्दाजी ४४ वर्षीय जय बहादुर धानुक रहेका छन्।

इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट ८ किलो ८५० ग्राम चरेस बरामद गरि नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याइएको र थप अनुसन्धान का लागि जिल्ला अदालत दार्चुला बाट म्याद थप गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुला ले जानकारी दिएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);