चमेलिया जलविद्युत आयोजनाको सुरक्षामा नेपाली सेना खटिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चमेलिया जलविद्युत आयोजनाको सुरक्षामा नेपाली सेना खटिँदै

chameliya hydro power

दार्चुला, ६ असार । दार्चुलाको शैल्य शिखर नगरपालीका वडा नं. १ बलाँच स्थित चमेलिया जलविद्युत आयोजनाको सुरक्षाका लागी नेपाली सेनाको टोली खटिएको छ । ३२ मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको २०७४ साल देखी सशस्त्र प्रहरीले सुरक्षा गर्दै आएको थियो ।

सरकारले सशस्त्र प्रहरीलाई सिमा सुरक्षामा खटाउने निर्णय गरेपछि चमेलिया जलविद्युत आयोजनाको सुरक्षाकालागी दुर्गा दल गुल्म खलंगाबाट ४० जना नेपाली सेनाको टोली खटिएको हो । दार्चुलामा ससस्त्र प्रहरीको ३ ओटा बि.ओ.पी. थपिने भएपछि चमेलिया जलविद्युत आयोजनामा सुरक्षार्थ खटिएका ससस्त्र प्रहरीलाई बि.ओ.पी.हरुमा समायोजन गर्न लागिएको छ ।

नेपाल सरकारले दार्चुलाको भारत सित सिमा जोडिएका मालिकार्जुन गाउँपालिकाको जौलजीवी, व्याँस गाउँपालिकाको दुम्लिङ र लेकम गाउँपालिकाको लालीमा बि.ओ.पी. राख्ने तयारी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);