चमेलिया जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चमेलिया जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु

bijuli

प्रधानमन्त्रीले गरे उद्घाटन, राष्ट्रिय प्रशारण लाइनमा ३० मेगावाट विद्युत थप

दार्चुला, २७ माघ । सरकारी लगानी रहेको चमेलिया जलविद्युत आयोजनाबाट औपचारिक रुपमा विजुलीको उत्पादन सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार दार्चुलास्थित आयोजनास्थल पुगेर चमेलिया जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन गरेका छन् ।

योसँगै चमेलियाबाट राष्ट्रिय प्रशारण लाइनमा ३० मेगावाट विद्युत थपिएको छ । दुई युनिटको सफल परीक्षण भएपछि शनिबारबाट आयोजनाले व्यवसायिक उत्पादन शुरु गरेको हो ।

शैल्यशिखर नगरपालिका–१ बलाँचमा निर्माण भएको आयोजनाबाट गत पुस २८ गतेदेखि नै १५ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकिएको छ ।

अर्धजलासययुक्त आयोजना चमेलियाबाट दैनिक ६ घण्टा पूर्ण रुपमा विजुली उत्पादन हुन्छ । सन् २००८ बाट निर्माण सुरु भएको आयोजनाले निर्माण सम्पन्न गर्ने समझौता भन्दा झण्डै ६ वर्षपछि विद्युत उत्पादन थालेको हो । ८ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिइएको चमेलिया सम्पन्न गर्दा भने १५ अर्ब रुपैयाँ खर्च भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);