इलाम जिल्लामा १८ वटा जलविद्युत आयोजना पुरा (भिडियाे) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

इलाम जिल्लामा १८ वटा जलविद्युत आयोजना पुरा (भिडियाे)

इलाम जिल्लामा १८ वटा जलविद्युत आयोजना पुरा भइसकेका छन । इलामको माई, जोगमाई र पुवामाईमा निर्माण भएका १८ वटा विद्युत आयोजनाबाट १ सय ४० मेगावाट विद्युत उत्पादन क्षमता पुगेको छ ।

ईलामको इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाको विचमा निर्माण भएको सामलिङ हाईड्रोपावर कम्पनीले ९ दशमलव ५१ मेगावाटको माईबेनी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन थालिसकेको छ ।

सामलिङ हाईड्रोपावर कम्पनीले उत्पादन थालेसँगै जिल्लामा १८ वटा जलविद्युत आयोजना निर्माण भएका छन । इलामको माईखोलामा मात्रै १० वटा भन्दा बढी आयोजना निर्माण भएका छन भने पुवाखोला, जोगमाई, सिद्घी खोला गरि जिल्लामा १८ वटा जलविद्युत आयोजना निर्माण भएका हुन ।

जिल्लामा उत्पादन भएको विद्युत केन्द्रिय प्रशारणमा पुर्याउन इलाम नगरपालिका १० गोदकको राजदुवाली सवस्टेशनमा पुर्याएको छ । पछिल्लो समय निर्माण भएका आयोजनामा सम्पूर्ण सिस्टम इन्सटल भएको र स्काडा सिस्टमबाटै प्यारा मिटरको कन्ट्रोल गर्न सकिने नयाँ प्रविधि रहेका छन ।

इलाम सहित पाँचथर र ताप्लेजुङमा निर्मित आयोजनावाट उत्पादित विद्युत कावेली करिडोर मार्फत केन्द्रिय राष्ट्रिय प्रशारण लाइनमा जोडिन्छ । २०५८ मा विद्युत प्राधिकरण मातहतको पुवाखोला हाइड्रो पावर ६ दशमलव २ मेगावाटको विद्युत उत्पादन थालेपछि जिल्लामा निजी क्षेत्रवाट यति धेरै आयोजना सम्पन्न भएका हुन् ।

रन अफ द रिभरको आधारमा यहाँ निर्मित आयोजनाले बर्खायाममा क्षमता अनुसार नै विद्युत उत्पादन गरे पनि हिउँद याममा न्यून मात्र विद्युत उत्पादन गर्ने गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);