घुम्ती सेवामार्फत २६ पत्रकारलाई प्रेस पास | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

घुम्ती सेवामार्फत २६ पत्रकारलाई प्रेस पास

मुुगु । कर्णालीमा सञ्चार घुम्ती सेवामार्फत्  २६ जना पत्रकारलाई प्रेस पास वितरण गरिएको छ । मुगुका २०, जाजरकोटका पाँच र जुम्लाका एक  पत्रकारलाई प्रेस पास वितरण गरिएको सूचना तथा प्रसारण विभागका अधिकृत केशव शर्माले जानकारी दिए ।

उनका अनुसार जिल्लामै अनलाइन पनि दर्ता भएका छन् । सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ मुगु शाखाको  सहकार्यमा तीन दिने घुम्ती शिविर सदरमुकाम गमगढी बजारमा सञ्चालन गरिएको थियो । दुर्गम जिल्लामा कार्यरत सञ्चारकर्मीको क्षमता अभिवृद्धि र लेखन वृद्धि समाचार सम्पादन संकलन अन्तर्वार्ता लगायत विभिन्न विषयमा प्रशिक्षण दिइएको प्रशिक्षक डा. विजय प्रसाद मिश्रले बताए । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);