सोलु कोरिडोर प्रसारणलाइन निर्माण अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सोलु कोरिडोर प्रसारणलाइन निर्माण अन्तिम चरणमा

उदयपुर । उदयपुरको कटारी नगरपालिका क्षेत्रमा स्थानीयवासीको माग सम्बोधन भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

उदयपुरको कटारी नगरपालिका-४, मरुवास्थित स्थानीयवासीले एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै साढे तीन वर्षदेखि अवरुद्ध पार्दै आएकोमा स्थानीयवासीले गर्दै आएको आन्दोलन सरोकारवाला निकायले सम्बोधन गरेपछि लामो समय रोकिएको निर्माण कार्य धमाधम भइरहेको छ । 

प्रसारणलाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारणलाइनमा जोडिन नसक्दा २० माघ २०७६ देखि व्यावसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३.५ मेगावाट विद्युतमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ ।

सोलुखुम्बुको तिङ्लादेखि सिरहाको मिर्चैयासम्म आयोजनाको कुल लम्बाइ ८९.५ किलोमिटर प्रसारणलाइनमा पर्ने ३०२ वटा टावर निर्माण सम्पन्न भइसकेको र त्यसमा करिब पाँच किलोमिटर अर्थिङ र दुई किलोमिटर विद्युत् प्रवाह हुने तार तान्ने काम धमाधम भकइरहेको छ । 

केही दिनभित्रै निर्माण सम्पन्न गरी विद्युत् प्रवाह ‘टेस्टिङ’ गरिने योजना रहेको सोलु कोरिडोर डबल सकिट प्रसरणलाइन आयोजना प्रमुख जनार्दन गौतमले जानकारी दिए । राष्ट्रिय गौरवको सो आयोजना निर्माणले उदयपुरको कटारी नगरपालिका-४, मरुवा क्षेत्रका स्थानीयवासीले घरखेत जाने भएकाले प्रसारणलाइनको एलाइन्मेन्ट परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अवरोध पुर्‍याउँदै आएका थिए ।

प्रशारणलाइनबाट प्रभावित हुने स्थानीयवासीले भोग चलन गरिरहेको ऐलानी जग्गाको समेत मुआब्जा रकम उपलब्ध गराउने सहमति भएपछि प्रसारणलाइन निर्माणको काम तीव्र गतिमा अघि बढेको सोलु कोरिडोर आयोजनाका प्रमुख गौतमले बताए । स्थानीयवासीको अवरोध जारीपछि सोलु कोरिडोरको आठौंपटक डिसेम्बर अन्तिम २०२१ सम्मका लागि आठौ पटक म्याद थप गरिएको सोलु कोरिडोर आयोजना प्रमुख गौतमले जानकारी दिए । निर्माणाधीन सोलु करिडोर १३२ केभी डबल सर्किट आयोजनाको ३०२ वटा टावर मध्ये मरुवामा १० वटा टावर पर्दछ ।

प्रसारणलाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लामा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना छ । नेपाल विद्युत् प्राधिकरणले सोलु कोरिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) गरिसकेको छ ।
२०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जी कम्पनी प्रा.लिसँग प्राधिकरणले यो प्रसारणलाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो । बिनाअवरोध काम भएको भए २०७६ माघमा निर्माण सम्पन्न गर्ने योजना थियो । सोलुखुम्बुको तिन्लामा १३२ र ३३ र ३३ र ११ केभी सबस्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । सिराहाबाट गएको ३३ केभी लाइनलाई तिङ्ला सबस्टेसनमा जोडिएको छ ।

सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रीडमा जोड्न सोलु कोरिडोर प्रसारणलाइनको निर्माण गरिएको हो । प्रसारण लाइन तयार भएपछि प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेका १२ जलविद्युत आयोजनाको ३२५ मेगावाटको विद्युत राष्ट्रिय प्रणालीमा जोडिनेछ । सरकारले प्रतिस्पर्धामार्फत निजी क्षेत्रलाई दिएको ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको सोलु खोला आयोजना पनि यही लाइनमा जोडिने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);