दोर्दी-१ जलविद्युतको ९८ प्रतिशत निर्माण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

दोर्दी-१ जलविद्युतको ९८ प्रतिशत निर्माण सम्पन्न

लमजुङ । लमजुङको दोर्दीखोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी १ जलविद्युत आयोजनाको काम ९८ प्रतिशत सकिएको छ । दोर्दीखोला जलविद्युत कम्पनीले निर्माण गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । आयोजनाको संरचना तथा उपकरणको परीक्षण सकिएपछि विद्युत उत्पादन थालिनेछ । विद्युतगृहको सिभिल संरचनाको काम सकिएको छ ।

विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सम्पन्न गरी उपकरण परीक्षणको काम भइरहेको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत दोर्दी कोरिडोरको किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ३.५ किलोमिटर लामो प्रसारण लाइन प्रवर्द्धक कम्पनीले निर्माण गरिरहेको छ । प्रसारणलाइनको आवश्यक १५ वटा टावर ठड्याएर सकिएको कम्पनीले जनाएको छ । ०७४ साल चैतबाट सुरु भएको आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

आयोजनामा सानिमा बैंकको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् । आयोजनाको बाँध, पेनस्टक पाइप, विद्युतगृह लगायत सबै संरचनाको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । गत जेठमा पूरा भएको २.५ किलोमिटर मुख्य सुरुङको ढलान गर्ने, सफा गर्नेलगायत फिनिसिङ सकिएको छ । अहिले अन्तिम चरणको छुटेको काम भइरहेको छ । ७१५ मिटर लामो पेनस्टक पाइप जडानको काम पनि सकिएको छ ।

आयोजनाको सिभिल संरचना निर्माणको काम पुरा गरी साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य थियो तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको असरले आयोजनाको उत्पादन पछि धकेलिएको हो । साथै, गत असारमा आएको बाढी पहिरोले आयोजनामा क्षति पुग्दा उत्पादन तालिका पछि सर्दै आएको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);