चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिटको उत्पादन बिहीबारबाट सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिटको उत्पादन बिहीबारबाट सुरु हुने

chameliya hydro power

काठमाडौं, १७ माघ । ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिटको परीक्षण उत्पादन बिहीबारबाट सुरु हुने भएको छ । पहिलो युनिटबाट १५ मेगावाट उत्पादन गरिरहेको आयोजनाको दोस्रो युनिट परीक्षण गर्न लागिएको हो ।दोस्रो चरणमा १५ मेगावाट विद्युत् प्रणालीमा जोड्न ‘लोड रिजेक्सन टेस्टिङ सुरु गर्ने तयारी भएको हो ।

परीक्षण सफल भए रिलायविलिटी टेस्टिङ गरिने छ । परीक्षण सुरु भएको २ सातामा व्यावसायिक उत्पादन सुरु हुने आयोजनाले जनाएको छ । दुई वटा युनिट सञ्चालन भएपछि दैनिक ६ घन्टा पूर्ण क्षमतामा ३० मेगावाट विद्युत उत्पादन हुने बताइएको छ । पुस अन्तिम साताबाट सञ्चालन भएको पहिलो युनिटले अहिले माग बढी हुने बिहान र साँझको ३–३ घन्टा १५ मेगावाट र अन्य समयमा १० देखि १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

दार्चुलामा निर्माण सम्पन्न ३० मेगावाटको आयोजनामा १५ मेगावाट क्षमताका दुई वटा युनिट राखिएको छ । निर्माण सुरु भएको झण्डै ११ वर्षपछि चमेलिया पूर्ण क्षमताका सञ्चालन हुन लागेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);