राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्ब ९१ करोड ९९ लाख लगानी गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौं, १७ माघ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्ब ९१ करोड ९९ लाख लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा विभिन्न कोषमा रहेको रकम १ वर्षे मुद्दती निक्षेपको रूपमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले उक्त रकम २०७४ फागुन २ गतेदेखि २०७५ माघ २९ गतेसम्मका लागि मुद्दती निक्षेपका रूपमा राख्न लागेको हो । बैंकले वाणिज्य बैंकहरूमा १ अर्ब ५३ करोड ५९ लाख मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ । यसैगरी राष्ट्रिय स्तरका विकास बैंकमा २८ करोड ८० लाख र वित्त कम्पनीमा ९ करोड ६० लाख मुद्दती निक्षेपको रूपमा लगानी गर्न लागेको हो ।

उक्त लगानीका लागि तोकिएका बैंक तथा वित्तीय संस्थाले यहि माघ १९ गते शुक्रबार दिउँसो १ बजेभित्र नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग बालुवाटारमा कागजात पेश गर्नुपर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);