आज नेप्सेमा सामान्य सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आज नेप्सेमा सामान्य सुधार

stock exchange

काठमाडौं, १७ माघ । आज सेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ ।

गत साता देखिनै सामान्य उतारचढाव देखिएको शेयर बजार आज २ दशमलव दुई छ अंकले उकालो लागेर कारोबार बन्द भएको हो । यो सँगै बजार १४ सय ४ दशमलव चार नौै अंकमा पुगेको छ । १४ सय २ अंकबाट सुरु भएको बजार सवा १२ बजेसम्म १३ सय ९९ अंकमा झरेको थियो । त्यसपछि बिस्तारै सुधार देखिएको बजारमा कारोबारको अन्तिम आठ मिनेटसम्म बजार १४ सय ५ अंकसम्म उक्लिएको थियो ।

कारोबारको अन्त्यमा एक अंक खुम्चिदै बजार बन्द भएको हो । आज क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ० दशमलव तीन पाँच अंकले उकालो लाग्यो । आज १ सय ५६ कम्पनीका सात लाख ४९ हजार कित्ता शेयर ३१ करोड १५ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा बढी बुटवल पावर कम्पनीको शेयर दुई करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ । उपसूचक भने मिश्रित देखिएका छन्। कारोबारमा आएका १० उपसूचकमा सात समूह बढेका छन् भने तीन समूह घटेका छन् ।

बैंक १ दशमलव नौ सात, ट्रेडिङ ४ दाशमलव दुई दुई, होटल ३५ दशमलव नौ दुई, विकास बैंक १० दशमलव एक सात, फाइनान्स ५ दशमलव सात दुई, बीमा ३१ दशमलव तीन चार र लघुवित्त ८ दशमदव शुन्य चार अंकले उकालो लागेका छन् । त्यस्तै जलबिद्युत ८ दशमलव एक, उत्पादनमूलक समूह ३ दशमलव चार एक र अन्य ५ दशमलव पाँच सात अंकले घटेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);