राष्ट्र बैंकले बैक तथा वित्तीय सस्थामा ३ अर्ब ६७ करोड २६ लाख रुपैयाँ लगानी गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं, १५ चैत । नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय सस्थामा ३ अर्ब ६७ करोड २६ लाख रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले १ वर्षे मुद्दती निक्षेपमा सो रकम लगानी गर्न लागेको हो ।

२०७५ बैशाख २ गतेदेखि २०७६ बैशाख १ गतेसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स वित्त कम्पनीमा मुद्दती निक्षेपको रुपमा सो रकम रहनेछ । बाणिज्य बैंकमा २ अर्ब ९३ करोड ६१ लाख रुपैयाँ, विकास बैंकमा ५५ करोड ९ लाख रुपैयाँ र बित्त कम्पनीमा १८ करोड ३६ लाख रुपैयाँ लगानी गरिने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय बैंक् तथा वत्तिय सस्थामा देखिएको लगानीयोग्य रकमको अभावलाई केही सहज बनाउन एक वर्षे मुद्दती निक्षेपमा सो रकम दिन लागेको हो । यो रकम लिन चाहने बैंक तथा वित्तिय सस्थाले बिहिबार चैत १५ गते दिउँसो ३ बजेसम्म आफुले लिन चाहेको रकम र ब्याजदर समेत उल्लेख गरी बोलपत्र पेश गर्नुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यो निक्षेप लैजान सस्था सञ्चालन भएको २ वर्ष हुनुपर्ने, न्युनतम पुँजीकोष कायम भएको हुनुपर्ने, निस्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम हुनुपर्ने लगायत ११ वटा शर्त तोकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);