पाँचौ अन्तर्राष्ट्रिय नविकरणीय उर्जा सम्मेलन आजबाट काठमाडौंमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पाँचौ अन्तर्राष्ट्रिय नविकरणीय उर्जा सम्मेलन आजबाट काठमाडौंमा सुरु

पाँचौ अन्तर्राष्ट्रिय नविकरणीय उर्जा सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ ।

urja

काठमाडौं, १५ चैत । पाँचौ अन्तर्राष्ट्रिय नविकरणीय उर्जा प्रविधि सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ ।

‘प्रत्येक घरः उर्जा घर’ बनाउन आह्वान गर्दै अन्तर्राष्ट्रिय नविकरणीय उर्जा प्रविधि सम्मेलन सुरु गरिएको हो । सम्मेलनको उदघाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नविकरणीय उर्जामा आधारित कृषि प्रणाली अवलम्बनमा ध्यान दिनुपर्ने बताए । उर्जामा मुलुकलाई आत्मनिर्भर बनाउन युवा जनशक्तिलाई परिचालन गर्ने भन्दै उहाँले विश्वविद्यालयबाट स्नातक गरेकाहरुलाई रोजगारी दिने घोषणासमेत गरे ।

३ दिनसम्म चल्ने सम्मेलनमा ६ वटा महादेशका २५ भन्दा बढी देशका ३ सय भन्दा बढि उर्जा विज्ञहरु सहभागी छन । सम्मेलनमा एक सय भन्दा बढी कार्यपत्रमाथि छलफल हुने जनाइएको छ । सम्मेलनले नेपालको उर्जा संकट समाधान गर्न महत्वपूर्ण सुझाव दिने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);