बिहीबार देखि काठमाडौंमा उर्जा सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बिहीबार देखि काठमाडौंमा उर्जा सम्मेलन

काठमाडौं, २ मंसिर । आगामी विहिबार देखि राजधानी काठमाडौंमा उर्जा सम्मेलन हुने भएको छ । आयोजक स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले सोमबार पत्रकार सम्मेलन गरी सम्मेलन बारे जानकारी गराएको हो ।

सम्मेलनमा ७० भन्दा बढी विशेषज्ञहरुको उर्जा सम्बन्धी प्रस्तुति रहने छ । सम्मेलनमा नेपालको साथै भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, क्यानडा, नर्वे जस्ता मुलुकका विशेषज्ञहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

क्षेत्रीय विद्युत् व्यापार, विद्युत् बजार, नियमन, वित्तिय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघियतामा ऊर्जा परियोजनाहरु संचालन र सहजीकरण, ऊर्जामा लगानी तथा आयोजना प्रदर्शनी जस्ता विषयमाथि सम्मेलनमा छलफल हुने आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिनुभयो ।

क्षेत्रीय विद्युत् व्यापारका लागि विचार आदान प्रदानको साथै त्यससम्बन्धी औपचारिक र अनौपचारिक वार्ताहरु अघि बढाउन सम्मेलन बहुउपयोगी हुने विश्वास लिईएको छ ।

सम्मेलनमा नेपालको साथै भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, क्यानडा, नर्वे जस्ता मुलुकका ७ सय बढी सहभागी हुने बताईएको छ । Powering the Asian Century को नारा दिईएको ऊर्जा सम्मेलन विहिबार र शुक्रबार चल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);