नेपालमा अधिकांश नागरिक बीमाको पहुँचबाट बाहिर | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नेपालमा अधिकांश नागरिक बीमाको पहुँचबाट बाहिर

bima insurance

प्रमिला खतिवडा
काठमाडौं, २ मंसिर । बीमाको ५० वर्ष इतिहासमा अझै पनि नेपालमा अधिकांश नागरिक बीमाको पहुँचबाट बाहिर रहेका छन् । बीमा सम्पूर्णमा अनिवार्य भएपनि बीमा सम्बन्धी ज्ञानको कमिले ८० प्रतिशत आमनागरिकहरु बीमाको दायरामा आउन सकेका छैनन् ।

तथापि पछिल्लो केही समय देखि भने बीमाको सेवा सुविधामा बृद्धि लगायत बीमा बजार विस्तार भएको बीमासँग सम्बन्धित सरोकारवालाहरुले बताएका छन् ।

अझै पनि नेपालका ८० प्रतिशत नागरीक बीमाको पहुँचबाट बाहिर रहेका छन् । बीमा सम्बन्धी ज्ञानको कमिले आमनागरिकहरु बीमाको दायरामा आउन सकेका छैनन् ।

पछिल्लो केही समयमा भने बीमीतको संख्यामा बृद्धि भएकोछ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमाको पहुँच विस्तारका लागि बेलाबखतमा यससम्बन्धी प्रचारप्रसार गर्दै आएका कारणले पनि यो संख्यामा बृद्धि भएको छ ।

जसका कारण हाल २० देखि २५ प्रतिशतभन्दा बढी जनता अहिले पनि बीमाको पहुँचमा रहेका छन् । बीमा उद्योगमा सकारात्मक प्रभाव परेका कारण अहिले बीमा कम्पनी उत्साहित समेत भएका छन् तथापि बीमा सम्बन्धि पर्याप्त चेतना फैलाउन नसकेकै कारण पनि आम नागरिक बीमाको दायरामा आउन नसकिरहेको भनाईछ ।

दुई बर्ष भित्रमा नै दशदेखि बाह्र प्रतिशत बीमितको संख्या बढेर २० प्रतिशत पुगेकाले मानिसहरुमा जागरुकता फैलिरहेको नियमनकारी निकायको तथ्यांकले देखाएको छ । यो तथ्यांकले बीमाप्रति सचेतना फैलिरहेको कारणले अब प्रभावकारी हुनेमा बीमामा आबद्ध विश्वस्त समेत रहेका छन् ।

भविष्यको सुरक्षाका लागि जीवन बीमा होस या निर्जीवन बीमा अपरिहार्य नै छ । तर बिमितहरु भने बीमा गर्दा जति सजिलो छ दाबी भुक्तानीमा उत्ति नै समस्या हुने गुनासो रहेको बताउँछन् । तर बीमा सञ्चालकहरु भने दाबी भुक्तानीमा समस्या नभएको, जनसमुदायमा परेको भ्रम मात्र रहेको बताउँछन् ।

बीमा कम्पनीहरुले आफ्ना प्रोडक्टहरुबारे समेत राम्रोसँग नागरिकलाई बुझाउन नसकेको अवस्था छ । एकातिर बीमा अभिकर्ताको योग्यतबारे पनि प्रश्न उठिरहँदा अभिकर्ताले नै बीमा पोलिसीबारे राम्ररी बुझाउन नसकेको बताईन्छ ।

बीमा शिक्षा बुझाउन र कम्पनीको नयाँ पोलीसी, सेवा, सुविधाबारे बुझाउन बीमा अभिकर्ताको भूमिका महत्वपूर्ण हुने भएकाले हाम्रो जीवनमा बीमा अपरिहार्य भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकको भनाई छ ।

गत असारसम्मको तथ्यांकअनुसार सरकारी निकायको बीमा संस्थानले ६ लाख ८० हजार बीमा जारी गरेको छ भने २४ अर्ब माथिको बीमा शुल्क आर्जन गरेको छ । निजी क्षेत्रतर्फ भने हाल १९ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । जीवन बीमाको बजारमा ५ वटा बीमा कम्पनीले ७२ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।

हालसम्म १९ वटा जीवन बीमा कम्पनीले ५० अर्ब भन्दा बढी रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मात्रै ३० प्रतिशत बजार हिस्सा रहेको छ । एक वर्षको अवधिमा १९ वटा जीवन बीमा कम्पनीहरुले नयाँ १० लाख ५५ हजार बीमालेख जारी गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);