माथिल्लो त्रिशुली थ्रिए जलबिद्युत आयोजनाबाट व्यवसायिक उत्पादन शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

माथिल्लो त्रिशुली थ्रिए जलबिद्युत आयोजनाबाट व्यवसायिक उत्पादन शुरु

काठमाडाैं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा जग्गाको अनावश्यक मुआब्जा नखोज्न आग्रह गर्नु भएको छ । प्रधानमन्त्री ओलीले विकास आयोजनाहरुको जग्गाको मुआब्जा अनुचित ढंगले लिने तर आफूले जग्गा किन्दा कमभन्दा कम राजस्व तिर्ने प्रवृत्ति त्याग्नुपर्ने बताउनु भएको हो ।

सोमबार प्रधानमन्त्री कार्यालयस्थित ‘एक्सन रुम’ बाट ६० मेघावाटको माथिल्लो त्रिशुली थ्रि जलविद्युत आयोजनाबाट व्यावसायिक विद्युत उत्पादनको सुरुवात गर्दै उहाँले विकास आयोजनाहरुको जग्गाको मुआब्जा विवादका कारण धेरै विकास आयोजनाहरुको काम अघि बढन नसकेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई साकार पार्न माथिल्लो त्रिशुली थ्रि ए जलविद्युत आयोजनाले पनि महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्ले पुगेर विद्युत उत्पादनको उद्घाटन गर्नु भएको थियो । यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट विजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);