झापामा दक्षिण एशियाकै नमूना औधोगिक पार्क बन्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

झापामा दक्षिण एशियाकै नमूना औधोगिक पार्क बन्ने

झापा, १२ फागुन । झापामा दक्षिण एशियाकै नमूना औधोगिक पार्क निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा सो पार्क निर्माण हुन लागेको हो । चीन नेपाल मैत्री औधोगिक पार्क नाम दिइएको सो पार्कका अध्यक्ष गोविन्द थापाले आज दमकमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिनुभएको हो ।

१३ सय विगाह क्षेत्रफलमा निर्माण तयारी थालिएको सो पार्कमा विभिन्न २६ ओटा फ्याक्ट्रि संचालन गरिने र ४५ हजारलाई रोजगार दिइने अध्यक्ष थापाले बताउनु भयो । नेपाल सरकारको जिरो लगानीमा निर्माण गर्न लागिएको सो पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले यहि फागुन १६ गते सिलान्यास गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

थापाले सो पार्क निर्माणसँगै नेपालको सबैभन्दा ठूलो औधोगिक क्षेत्र बन्ने र यो दक्षिण एशियाकै नमूना औधोगिक क्षेत्र हुने दाबी समेत गर्नुभयो । चिनियाँ लगानीमा निर्माण गर्ने तयारीका साथ पार्क निर्माणका लागि जग्गा अधिग्रहण गरिरहेको र पार्क निर्माणका लागि १३ सय विगाहको एस सय ३६ करोड मुआब्जा मध्ये अहिले सम्म ४ सय ११ विगाहा जग्गाको ९५ करोड मुआब्जा दिइसकिएको पनि थापाले बताउनु भयो ।

थापाका अनुसार सो पार्कमा सर्बसाधारणले १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । ४५ हजार कामदार मध्ये २० प्रतिशत चीनियाँ र ८० प्रतिशत नेपाली कामदार रहने पनि थापाले जानकारी दिनुभयो । फ्याक्ट्रिमा विद्युतिय गाडी, कपडा तथा कृषी जन्य खाद्यय सामाग्री उत्पादन हुने छन् । सो पार्क निर्माणका लागि पहिलो चरणमा नेपाल सरकारले लगानी भित्र्याउन अनुमति पनि दिइसकेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

दुई वर्ष सम्ममा सो पार्कबाट विदेशमा नेपाली उत्पादन पठाउन थालिने पनि थापाले बताउनु भयो । पार्क सिलान्यासका क्रममा प्रधानमन्त्री ओलीसँगै उद्योगमन्त्री लेखराज भट्ट, गर्भन, प्रदेश एक का मुख्यमन्त्री तथा केहि विदेशी अतिथिहरु पनि आउने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);