विपद्का घटनाका कारण ०७२ सालपछि सबैभन्दा ठूलो क्षति यसवर्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

विपद्का घटनाका कारण ०७२ सालपछि सबैभन्दा ठूलो क्षति यसवर्ष

२०८० चैत १ विपद्का घटनाका कारण ०७२ सालपछि सबैभन्दा ठूलो क्षति यसवर्ष भएको छ ।

२०८० सुरु भएयताका ११ महिनामा विपद्का घटनामा परी नेपालमा साढे चार सयभन्दा बढीको ज्यान गएको छ भने ७५ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८० वैशाख १ देखि फागुन ३० गतेसम्ममा भूकम्प, बाढी, पहिरो, हाई अल्टिच्युड, हिमपहिरो, डुंगा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, हुरी बतास, जनावरको आक्रमण, वन डढेलोलगायतका घटना ठुलो जनधनजको क्षति भएको छ ।

११ महिनामा विपद्का घटनामा परी ४५६ जनाको मृत्यु भएको छ भने एक हजार ४८४ जना घाइते भएका छन् । विपद्का घटनाले यस अवधिमा ७५ अर्ब २५ करोड रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ।

कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४म्याग्निच्युडको भूकम्पले १५४ जनाको ज्यान लिएको तथ्यांक छ । \भुकम्पका कारण संरचना भत्किँदा ३६६ जना घाइते भए ।

६२ हजारभन्दा बढी घरमा क्षति पुग्यो । यो र यसअघि बझाङ र डोटी केन्द्रविन्दु भएर गएका तीनवटा भूकम्पले मात्र कारिब ७३ अर्ब बराबरको क्षति भएको तथ्यांक छ ।

पछिल्लो ११ महिनामा विपद्का घटनामध्ये भूकम्पबाटै े सबैभन्दा ठूलो जनधनको क्षति पुगेको छ । ०७२ वैशाख १२ गतेका विनाशकारी भूकम्पले गरेको क्षतिपछिको ठूलो जनधनको नोक्सानी जाजरकोट भूकम्पले गरेको छ ।

०७२ सालको भूकम्पले आठ हजार ९७९ जनाको मृत्यु र २२ हजार ३०० जना घाइते पाँच लाख ११ हजार ३९० घर पूर्ण क्षति भएको तथा साढे ७ खर्बभन्दा बढीको आर्थिक क्षति गरेको तथ्यांक छ ।

पछिल्लो ११ महिनामा भूकम्पका घटनामा १५४, आगलागीमा ९१, पहिरोमा ४९, चट्याङ लागेर ४०, जनावरको आक्रमणबाट ४०, हाई अल्टिच्युडका कारण १४ जनाको मृत्यु भएको छ ।

त्यसरी नै बाढीमा परी १८, डुंगा दुर्घटना हुँदा एक, सर्पले टोकेर २०,वर्षा र हुरी बतासका कारण २–र्२, हिमपहिरोमा १२, वन डढेलोमा पाँच र अन्य गैरप्राकृतिक विपद्का घटनामा परी सात जनाको मृत्यु भएको छ ।

पछिल्लो ११ महिनामा देशभर पाँच हजार २८० वटा विभिन्न विपद्का घटना रेकर्ड भएका छन् । यसबाट ३१ जना बेपत्ता भएका छन् । भूकम्पछि सबैभन्दा ठूलो जनधनको क्षति आगलागीका घटनाले गरेको प्राधिकरणको तथ्यांकले देखाउँछ ।

यसअवधिमा रेकर्ड भएका तीन हजार ३६२ वटा आगलागीका घटनाले दुई अर्ब पाँच करोड ७४ लाखको आर्थिक क्षति गरेको छ । यस वर्ष विपद्का घटनामध्ये पहिरोले करिब ५ करोड ,बाढीले २५ करोड चट्याङले ६३ लाख १६ हजार रुपैयाँ, भारी वर्षाले करिब ३ करोड बराबरको क्षति गरेको प्राधिकरणले जनाएको छ ।

यस्तै, हुरी बतासले तीन करोड, जनावरको आक्रमणबाट एक करोड ५० लाख वन डढेलोले ३२ लाख ९५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको पाइएको छ ।

विपद् व्यवस्थापनमा प्रभावकारी ढंगले काम हुन नसकेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पुनःसंरचना गर्नुपर्ने आवाज उठ्न थालेको छ । प्राधिकरण तथ्यांक संकलनमा मात्रै सिमित भएको भन्न थालीएको छ ।०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);