बालुवाडाँडामा प्याराग्लाइडिङको सफल परीक्षण उडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बालुवाडाँडामा प्याराग्लाइडिङको सफल परीक्षण उडान

नवलपरासी, १२ फागुन । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ बालुवाडाँडामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । पहाडमा मात्र हुने प्याराग्लाइडिङ पहिलो पटक तराईको जिल्लामा सफल परीक्षण गरिएको हो ।

परीक्षण उडानका लागि पोखरामा रहेको क्लाउड वेस प्याराग्लाइडिङ प्रा. लि र पिस हिमालयन प्याराग्लाइडिङ प्रालिले यहाँ उडान गर्ने छन् । एक हप्ता सम्म गरिएको परीक्षण उडान सफल भएसंगै अव नियमित रुपमा उडान हुने बालुवाडाँडा पर्यटन युवा संजालका अध्यक्ष उमेश रानाले बताए ।

त्यसैगरी प्याराग्लाइडिङका लागि अत्यन्त सम्भावना बोकेको र प्राकृतिक र प्राविधिक तबरमा पनि उपयुक्त स्थान भएको क्याप्टेन पाइलट हरि पहारीले बताए ।

पहाडी जिल्लामा मात्र हुने प्याराग्लाइडिङको मज्जा अव तराईको जिल्लामा समेत लिन पाउने भएपछि पर्यटन विकासमा टेवा पुग्ने स्थानीयको आशा छ । समुन्द्री सतहदेखि ९ सय मिटर उचाईबाट उडान गरेर २ सय मिटर उचाईको पोखरी ताल क्षेत्रमा प्याराग्लाइडिङ ल्याण्ड हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);