सुदूर पश्चिमका पहाडी जिल्ला जोड्ने छोटो दुरीको सडक बिस्तार हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुदूर पश्चिमका पहाडी जिल्ला जोड्ने छोटो दुरीको सडक बिस्तार हुँदै

कञ्चनपुर, १२ फागुन । भित्रिमधेश भएर कञ्चनपुरदेखि डोटी हुँदै सुदूरका पहाडी जिल्ला जोड्ने छोटो दुरीको सडक विस्तार भईरहेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ फागुन दोस्रो सातादेखि कञ्चनपुरको कृष्णपुर नगरपालिका १ वण्ड भएर डोटीको नायल जोड्ने सडक विस्तार भईरहेको हो ।

पाँच वर्ष अघि आर्थिक बर्ष २०७२÷०७३ सालमा सडक डिभिजन कार्यालय महेन्द्रनगरबाट वंक दोमिल्ला नायक बुडर सडक विस्तारका लागि ठेक्का भएको सडकको काम रुखको कटानी आदेश नपाएका कारण रोकिएको थियो । सडक निर्माणको कोषि एण्ड न्यौपाने/बन्दन भगवती जेभीले ठेक्कापाएको छ ।

मंगलबार एक कार्यक्रमकाबीच संसद नर बहादुर धामीले उक्त सडकको शिलान्यास गरेका हुन् । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख दिपक नेगीले सडक छेउछाउका रुख काट्ने र ट्रयाक खोल्नका लागि ३ करोड ७८ लाखमा ठेक्का सम्झौता भएको जानकारी दिएका छन् ।

सडकको साढे ९ किलोमिटर ट्रयाक खोलिने र २०किलोमिटर क्षेत्रमा पर्ने रुख काटेर व्यवस्थापन गरिने, बाँकी साढे ९ किलोमिटर सडकको ट्रयाक खोलिने र हाल साढे ५ मिटर चौडाई सडक विस्तार गरिने उनले बताए ।

प्रमुख नेगीले चालु आर्थिक वर्षको फागुनमा ठेक्का सम्झौता सकिएपनि कोडिभका कारण थलिएको योजना संचालनका लागि मन्त्रीपरिषद्को निर्णयबाट ६ महिना म्याद थप हुने भएकाले चालु आर्थिक बर्षभित्रै काम सम्पन्न हुने पनि उनले बताए ।

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय बिक्रम मानन्धरले सडकमा पर्ने झण्डै एक ४ सय ६६ रुखमध्ये १ एक हजार ३ सय ७८ रुख कटानीका लागि आदेश भएको बताए । रुख कटानीबाट ४४ हजार क्यूफिट काठ र ३६ हजार क्यूफिट दाउरा संकलन हुने प्रमुख मानन्धरले जानकारी दिए ।

यसैगरी कृष्णपुर नगरपालिकाका प्रमुख कर्ण हमालले विकास निर्माणको काममा समन्वय आवश्यक रहेको बताए । साथै निर्माणको जिम्मा पाएको निर्माण कम्पनी कोषि एण्ड न्यौपाने÷बन्दना भगवती जेभीका संचाकल यज्ञ बैजले तोकिएको समयमा काम शुरु गरी सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरे ।

सडक विस्तारसंगै कञ्चनपुरको आर्थिक, समाजिक एव साँस्कृतिक विकास हुने विश्वास गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);