मन्त्री ज्वालाद्धारा गुईयाबारी हुँदै सल्यान खलंगा जोड्ने सडक खण्डको अनुगमन | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

मन्त्री ज्वालाद्धारा गुईयाबारी हुँदै सल्यान खलंगा जोड्ने सडक खण्डको अनुगमन

बाँके,२५ माघ । कोहलपुर नगरपालिका १२ चप्परगौडि गुईयाबारी हुँदै सल्यान खलंगा जोड्ने सडक खण्ड भौतिक पुर्बाधार एवं यातायात मन्त्री प्रकाश ज्वालाले बिहिवार सडक अनुगमन गर्नुभएको छ।

बिगत लामो समयदेखि बाँके राष्ट्रिय निकुन्जका कारण निर्माण कार्य अबरुद्ध भएको सडकखण्ड निर्माण तिब्र गतीमा बढाउन मन्त्री ज्वालाले चासो देखाउनु भएको हो।

यो सडक निर्माण सँगै बाँके र सल्यान खलंगा जोडीने छ भने दुरीको हिसाबले ९० किलोमीटर यात्रा तय गरेर कोहलपुर देखि सल्यान सदरमुकाम खलंगा आवतजावत गर्न सहज हुने स्थानीय नारायणी ओलीले बताए ।

नेपालगन्ज सडक डिबिजन प्रमुख डि ई निरज शाक्यले दुई चरणमा ठेक्का भएकोले छिटो निर्माण हुने बताउछन् ।

सल्यान र बाँके लाई सहजरूपमा जोडन यो छोटो दुरीको सडक निर्माण भैरहेको छ । यसमा केहि जटिलताहरु आएका छन् ति बिस्तारै समाधान गर्दै सडक छिटो निर्माण गर्न सरकार तयार रहेको मन्त्री ज्वालाको भनाई छ ।

Leave a Reply