प्रचण्ड देशको होइन,आफन्तको पक्षपोषणमा लागेका छन् : नेता सिलवाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

प्रचण्ड देशको होइन,आफन्तको पक्षपोषणमा लागेका छन् : नेता सिलवाल

काठमाडौं,२५ माघ । नेकपा (एमाले)का नेता नारायण सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता जोगाउनु बाहेक केही गर्न नसकेको आरोप लगाउनु भएको छ ।

माउण्टेन टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘माउण्टेन संवाद’मा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने,“प्रचण्ड नेतृत्वको सरकारको प्रशंसा गर्ने कुनै ठाउँ छैन् ।” प्रधानमन्त्री प्रचण्डलाई देश र जनताको चिन्ता भन्दा पनि आसेपासे र परिवारका सदस्यहरु केन्द्रीत भएको उनले आरोप लगाए ।

सरकारको कामप्रति जनता सकरात्मक छन् भन्ने कुरा गलत भएको भन्दै सिलवालले भने,“यो सरकारलाई निरन्तर टिकाइ राखे देशलाई क्षति हुने बाहेक अरु केही फाइदा हुँदैन् ।”

जति सक्दो छिटो प्रचण्ड सरकार विस्तापित गर्नुपर्ने उनले धारणा राखे ।

Leave a Reply