प्रधानमन्त्रीको नेतृत्व क्षमता देखेर प्रतिपक्षी तर्सियो : सिलवाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रधानमन्त्रीको नेतृत्व क्षमता देखेर प्रतिपक्षी तर्सियो : सिलवाल

काठमाडौं, ३० चैत । एमाले सांसद् नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको राम्रा काम देखेर प्रतिपक्षी तर्सिएको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद् सिलवालले भने– ‘प्रधानमन्त्री ओलीले ‘समृद्धि र सुशासनलाई सही ढंगले नेतृत्व गर्नुभएको छ, यसकारण प्रतिपक्षी आत्तिएको छ, तर्सिएको छ ।’ प्रधानमन्त्री ओलीको ‘एग्रेसिभ लिडरसिप’बाट प्रतिपक्षी निक्कै तर्सिएको सांसद् सिलवालको भनाइ छ । समृद्धिलाई लिड गर्ने केपी ओलीको ‘एग्रेसिभ लिडरसिप’ले कतै प्रतिपक्षीमा आघात र छटपटाहाट भएको हो कि ?– सिलवालले प्रश्न गरे ।

सरकारले गरेका राम्रा कामको प्रचार नभएको पनि सांसद् सिलवालले बताए । ‘खाली आलोचना मात्र गरेर हुँदैन, सरकारले आलोचना गरेर मात्र सदनको गरिमा बढ्दैन, सरकारले गरेका राम्रा काम पनि देख्न सक्नुपर्छ, यसले राजनीतिलाई अगाडि बढाउन सकारात्मक सहयोग गर्छ’– सिलवालको भनाइ छ ।

सदनमा बहस गर्दा जनताको विवेकको पनि ख्याल गर्न उनले सुझाव दिए । आफू पहिला परिवर्तन भए मात्र अरुलाई परिवर्तन गर्न सकिने सिलवालले बताए । सत्ताबाहिर बसेर पनि राम्रा काम गर्न सकिने समेत उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);