जनता र पार्टीविरुद्ध ज्यादती गरेको म सहन्न : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जनता र पार्टीविरुद्ध ज्यादती गरेको म सहन्न : प्रधानमन्त्री ओली

काठमाडौं, ३० चैत । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीविरुद्धका गतिविधि सहन नसकिने बताएको छ । उत्पीडित जातीय मुक्ति समाजको भेलालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनता र पार्टीविरुद्ध नलाग्न माधव गुटलाई चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले भने ‘सहने पनि एउटा हद हुन्छ, मविरुद्ध जे–जे गर्नुस्, तर पार्टी र जनताविरुद्ध ज्यादती गरेको म सहन्नँ ।’ जनता र पार्टीविरुद्धका गतिविधि रोकेर पार्टीमा फर्कन उनले माधव नेपाललाई आग्रह गरे । पार्टीमा बसेर आफूलाई जति कटाक्ष गरेपनि फरक नपर्ने तर पार्टी विरोधी गतिविधि गरे माधवलाई ठीक पार्ने पनि प्रधानमन्त्री ओलीले बताए ।

उनले भने ‘अहिले पनि माधवजी पार्टी विरोधी काम गर्दै हुनुहुन्छ, म यसको सीमा हेरिरहेको छु ।’ माधव लगायत चार नेतालाई पार्टी हित विपरित काम गरेको भन्दै एमालेले ६ महिनाका लागि निलम्बन गरेको छ । माधव नेपालले गल्ती स्वीकारेर आए अझै पनि पार्टीमा ठाँउ भएको प्रधानमन्त्री ओलीले बताए ।

उनले भने ‘आफ्नै पार्टी सम्झेर आउनुस्, गल्ती स्वीकारेर आउनुस,पूरै जिम्मेवारी दिन्छौं, पार्टी फुटाएर गएको चोइटोलाई पार्टी स्वीकार गर्न सकिन्न ।’ प्रधानमन्त्री ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन माधव नेपाललाई आग्रह गरे ।

आजसम्म गरेका पार्टी विरोधी अपराधहरुको आत्मआलोचना गरे मात्र माधवलाई पार्टीमा स्वागत गरिने समेत प्रधानमन्त्री ओलीले बताए । उनले भने ‘माधवजी पार्टीमा आए हामी स्वागत गर्छौं, तर पार्टीलाई ध्वस्त गर्ने काम भने गर्न पाईंदैन, गुटबन्दी गर्न पाईंदैन, प्रधानमन्त्री ओलीले पार्टीका निलम्बित नेता माधवले आफूलाई सहयोग गर्नेलाई टिकट दिने आश्वासन दिएको पनि सुनाए । प्रधानमन्त्री ओलीले भने ‘केपी ओलीले टिकट दिएन भने म दिन्छु रे, टिकट त बसपार्कमा ड्राइभरले पनि दिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);