ओलीलाई हटाउँछु, अध्यक्ष मै बन्छु : नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ओलीलाई हटाउँछु, अध्यक्ष मै बन्छु : नेपाल

काठमाडौं, १९ चैत । नेकपा एमालेका नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर नयाँ केन्द्रीय कमिटी बनाउने बताएका छन् ।

बिहीबार पोखरामा कास्की जिल्ला घोषण कमिटीलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो दाबी गरेका हुन् । नयाँ बन्ने कमिटीको अध्यक्ष आफै हुने दाबी गर्दै नेता नेपलाले भने – ‘चाँडै नै मेरो नेतृत्वमा नयाँ कमिटी गठन गर्छौं, तपाईंहरु संगठित भएर लाग्नुस्, राम्रोसँग लाग्नुस् ।’

पार्टी अध्यक्ष ओलीविरुद्ध एक भएर लाग्न उनले आफू निकट कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । जिल्ला जिल्लामा संगठित भएर काम गर्न समेत नेता नेपालले कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीविरुद्ध समानान्तर कमिटी बनाउने अभियान सुरु भएको घोषणा समेत माधवले भेलामा गरे । त्यसको सुरुवात कास्कीबाट भएको बताउँदै उनले धनराज आचार्य अध्यक्ष र होमबहादुर नेपाली सचिव रहेको कास्की जिल्ला स्तरीय कमिटी बनेको जानकारी दिए । ७७ वटै जिल्लामा यस्ता कमिटी बनाइने पनि नेता नेपालको दाबी थियो ।

एमाले नेपाल पक्षले गोरखा, अर्घाखाँची र भोजपुरमा समानान्तर कमिटी बनाइसकेको छ । अर्घाखाँचीमा समानान्तर कमिटी बनाउनेलाई एमालेले कारबाही गरिसकेको छ ।

पार्टी हित विपरित गतिविधि गरेको भन्दै माधव नेपाललाई एमालेले कारबाही गरेको छ । उनीसहित भीम रावललाई समेत एमालले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिसकेको छ । तर नेपाल पक्षले पार्टीको कारवाही नमान्ने बरु समानान्तर कमिटी ब्युँताउने घोषणा गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);