एमालेभित्रका पार्टी विरोधी गतिविधि गर्ने सांसदहरुका कारण आजको परिस्थिति आयोः ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एमालेभित्रका पार्टी विरोधी गतिविधि गर्ने सांसदहरुका कारण आजको परिस्थिति आयोः ओली

काठमाडौं । नेकपा एमालेभित्र विपक्षीसँग साँठगाँठ गर्ने नेताहरुका कारण अहिलेको परिस्थिति सिर्जना भएको निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

ऐमालेका २६सांसदहरुको पार्टी विरोधी गतिविधि, अरु पार्टीको सरकार निर्माणका लागि सर्वोच्चमा हस्ताक्षर गर्ने गतिविधिले यस्तो अवस्था आएको उनले आरोप लगाए ।

पार्टी भित्रका केही सांसदहरुले अनुशासनहिन र अराजग ढंगको काम गरेको उनको आरोप छ । उनले भने –‘आफ्नो पार्टीको सरकार ढाल्ने र प्रमुख प्रतिपक्षीलर्य प्रधानमन्त्री बनाउनुपर्छ भन्दै लाग्नेहरुले गरेर अहिलेको परिस्थित आएको हो । आफूले गोल गर्नुपर्ने ठाँउमा पोष्ट खाली गर्ने र पोष्टमा बस्ने अरुलाइ पनि हटाउने काम भयो ।’

ओलीले एमालेका नेता माधव कुमार नेपाल पक्षका नेताहरुले पार्टी विरोधी गतिविधि गरेको उनको आरोप छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटरबाट जनतको नाम सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);