कम्युनिस्ट पार्टीको खोल ओढेर सरकार ढाल्ने काम भयो : ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कम्युनिस्ट पार्टीको खोल ओढेर सरकार ढाल्ने काम भयो : ओली

संखुवासभा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको खोल ओढेर केही व्यक्तिले एमालेको सरकार ढाल्ने काम भएको  बताएका छन् । नेकपा एमाले संखुवासभामा आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले कम्युनिस्ट पार्टीको खोल ओड्नेहरूले सरकार ढाल्ने काम गरेको बताएका हुन् ।

वामपन्थीको खोल ओढ्ने दक्षिणपन्थीहरूले सरकार गिराउने काम गरेको उनको भनाइ छ । एमालेले देशमा ल्याएको विकासको लहर देख्न नचाहनेहरूले आफू नेतृत्वको सरकार ढालेको उनले आरोप लगाए । 

फागुनमा स्थानीय तहको चुनाव गरिसक्नु पर्ने भए पनि अहिलेको सरकारले चुनाव गर्ने कुनै सम्भावना नभएको उनको दाबी छ । अहिलेको सरकार सुशासनभन्दा लुटतन्त्रमा लागेको उनले बताए ।

अहिलेको सरकार स्थानीय तहलाई प्रतिनिधिविहीन बनाएर कर्मचारीलाई जिम्मा लगाउने षड्यन्त्रतर्फ लागेको ओलीको आरोप छ । गठबन्धनको सरकारले २०५९ सालमा जस्तै जनप्रतिनिधि विहीन बनाउन लागेको उनले आरोप लगाए । 

फागुनमा स्थानीय तह निर्वाचन गर्नुपर्ने भए पनि सरकारले कुनै तयारी नगरेको उनले बताए । ओलीले देश विकाशको अभिभारा एमालेको काँधमा आएको समेत बताएका छन् ।  वामपन्थी भन्ने माधव नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड)हरू प्रतिक्रियावादीको खेमामा पुगेको आरोप लगाए । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट विद्रोह गरेका माधव नेपाललाई संकेत गर्दै ओलीले वामपन्थी खोल ओढेर प्रतिक्रियावादी दक्षिणपन्थी शक्तिलाई साथ दिने पार्टीको पछि नलाग्न आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);