जनतालाई खोपको प्रबन्ध गरेर जाँदैछु : ओली | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

जनतालाई खोपको प्रबन्ध गरेर जाँदैछु : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाली जनतालाई पुग्ने खोपको प्रबन्ध गरिसकेको बताएका छन् ।

मंगलबार बालुवाटारबाट देशवासीका नाममा बिदाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले खोपको सबै प्रबन्ध भईसकेको तर विपक्षीले भोलि देखिनै आफ्नो कार्यकालमा ल्याएको भनेर प्रचार गर्ने आरोप लगाएका छन् । उनले भने ,’म प्रचार होइन काममा विश्वास गर्छु, जनतालाई खोपको प्रबन्ध गरेर जाँदैैछु ।’

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटनलाई बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । नवनियुक्त प्रधानमन्त्रीको शपथ मंगलबार साँझ ६ बजे राष्ट्रपति कार्यालयमा तय भएको छ ।

Leave a Reply

ताजा समाचार