सर्वोच्चको फैसलाको अग्‍निपरीक्षा समयले लिनेछ : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सर्वोच्चको फैसलाको अग्‍निपरीक्षा समयले लिनेछ : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको अग्‍निपरीक्षा समयले लिने बताएका छन् ।

मंगलबार बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्दै ओलीले भने – ‘फैसलाका कतिपय प्रावधान र भाषाशैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तत तुल्याएको छ । यो फैसलाको समयले अग्‍निपरीक्षा लिनेछ ।’

ओलीले सर्वोच्च अदालतको फैसलालले दलीय प्रणाली कमजोर बनाउने उल्लेख गर्दै त्यसका परिणाम विस्तारै देखिँदै जाने जिकिर गरेका छन् । उनले राजनीतिक विषयमा अदालत प्रवेश गर्न नमिल्ने तर्क गर्दै त्यसको भारी न्यायिक निकायले बोक्न नसक्ने पनि बताए ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटनलाई बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । नवनियुक्त प्रधानमन्त्रीको शपथ मंगलबार साँझ ६ बजे राष्ट्रपति कार्यालयमा तय भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);