अब कोरोनाविरुद्धको खोप अभाव नहुने प्रधानमन्त्रीको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अब कोरोनाविरुद्धको खोप अभाव नहुने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अव नेपालमा कोरोना भाइरसविरूद्धको खोपको अभाव नहुने दाबी गरेका छन् । आइतबार बिहान वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अब कोरोनाविरुद्धको खोपको अभाव नहुने बताएका हुन् ।

हाल खोप आउने क्रम जारी रहेकाले निरन्तर रुपमा खोप उपलब्ध गराइने उनले बताए । केही दिन अघि छिमेकी राष्ट्र चीनबाट खोप आएको र भोलि पनि खोप आउने प्रधानमन्त्ती ओलीले जानकारी दिए ।

केही दिन अघि चीनबाट आठ लाख डोज खोप नेपाल आईपुगेको थियो । त्यसैगरी अमेरिकी सरकारले कोभ्याक्समार्फत नेपाललाई अनुदानमा दिएको १५ लाख डोज खोप पनि सोमबार नेपाल आइपुग्ने बताइएको छ ।

यसका साथै खोप अभाव हुन नदिन नयाँ सम्झौताका लागि सहमतिका प्रयास भईरहेको पनि उनले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);