मनाङेले खेलकुद मन्त्रालय मै चित्त बुझाए, जसपाका आचार्यलाई ऊर्जा मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मनाङेले खेलकुद मन्त्रालय मै चित्त बुझाए, जसपाका आचार्यलाई ऊर्जा मन्त्रालय

dipak-manange

कास्की । गण्डकी प्रदेश सरकारका विनाविभागीय मन्त्री राजिव गुरुङ दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यसैगरी हरिशरण आचार्यले ऊर्जा, जलस्रोत था खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

भागबण्डाको विषय नमिलेका कारण स्वतन्त्र सांसद मनाङे र जसपाका सांसद आचार्य लामो समयदेखि विनाविभागीय मन्त्री रहँदै आएका थिए । उनीहरुले आफ्नो छनोटको मन्त्रालय लिने अडान कायम राखेका थिए तर अहिले उनीहरुलाई सुरुमा दिइएको मन्त्रालयको नै जिम्मेवारी दिइएको छ । मन्त्रालयका जिम्मेवारी पाएलगत्तै उनीहरुले आजै पदभार ग्रहण गरेका छन् ।

गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेलले असार १ गत प्रस्तुत गरेको बजेटमाथिको छलफल कार्यक्रमअघि नै मन्त्रालय विवादलाई टुंगाएका हुन् । यसअघि जसपाका सांसद आचार्यले आफूले अर्थ मन्त्रालय पाउनु पर्ने अडान लिएका थिए भने मनाङेले आफूले भौतिक पूर्वाधार मन्त्रालय पाउनु पर्ने अडान लिँदै आएका थिए ।

गण्डकी प्रदेशमा अर्थ मन्त्रालय मुख्यमन्त्री पोखरेल स्वयम्ले राखेका छन् । योसँगै गण्डकीमा ४ मन्त्रालयको जिम्मेवारी बाँडफाँटको टुंगो लागेको छ । यसअघि सामाजिक विकास मन्त्रालयको जिम्मा कुमार खड्का र स्वास्थ्य मन्त्रालयको मधुमाया अधिकारीले पाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);