गण्डकी प्रदेश सभा बैठक दिउँसो १ बजेसम्मलाई स्थगित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०७९, आइतबार

गण्डकी प्रदेश सभा बैठक दिउँसो १ बजेसम्मलाई स्थगित

कास्की । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकाे विरोध पछि गण्डकी प्रदेश सभा बैठक  दिउँसो १ बजेसम्मलाई स्थगित भएको छ । बजेटमाथि छलफल गर्ने कार्यसूची निर्धारण गरी संसद बैठक आज आइतबार ११ बजेदेखि सुरु भएको थियो ।

सभामुख नेत्रनाथ अधिकारीले माननीय सदस्यहरु आजको बैठक सुरु हुन्छ भने लगत्तै  एमाले सांसदहरु उठेका थिए । त्यसपछि सभामुखले एमाले सांसद रामशरण बस्नेतलाई बोल्न समय दिएका थिए ।

 नयाँ सरकारले बजेट रकमान्तर गरेको तर पुराना काम सकिएका योजनाको भुक्तानी रोकेको बस्नेतले  बताए ।  यो सरकार बन्दा पुँजीगत खर्च पनि रोकिएको  उनले भनेका छन -“कति करोड रुपैयाँ वितरण गर्नुभयो ? के आधारमा योजना छनोट गरियो ? त्यो चाहियो??

पोखराको एउटै वडामा करोडौं रुपैयाँ विनियोजन गरिएको भन्दै बस्नेतले कुनै पनि कानुनअनुसार सरकारले गरेको बजेट विनयोजन ठिक नभएको बस्नेतले भनेपछि सभामुखले संसद १ बजेसम्मलाई स्थगित गरेका थिए।

Leave a Reply