प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

pradesh-2

जनकपुरधाम, २८ पुस । प्रदेश २ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

अर्काे सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश २ को बैठक लामो समयदेखि बस्न सकेको छैन । पुसको १४ र १५ गते आह्वान गरिएको बैठक प्रतिपक्षी तथा केही सत्तारुढ सांसद समेतले अवरुद्ध गरेका थिए ।

गत आर्थिक वर्षमा सन्चालित योजनाहरुको भुक्तानी दिनुपर्ने माग गर्दै दुई दिन संसद अवरुद्ध गरिएपछि १७ गतेका लागि आह्वान गरिएको बैठक बस्दै नबसी स्थगित भएको थियो । त्यसपछि २४ गते बस्ने भनिएकोमा उक्त दिन पनि स्थगित गर्दै २८ गते सोमबारका लागि निर्धारण गरिएको थियो । तर सोमबार पनि बैठक बस्न सकेन ।

प्रदेशसभाको बैठक अन्यौल भएसँगै प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पनि अन्यौलमा परेको छ भने दर्ता गरिएका विधेयक उपरको छलफल समेत सुरु हुन सकेको छैन ।

गत भदौ ५ गते राजपा र समाजवादीले प्रदेशको नाम ‘मधेश’ प्रमुख प्रतिपक्षी नेकपाले ‘जानकी’ र कांग्रेसले ‘मिथिला–भोजपुरा’ राख्नुपर्ने प्रस्ताव पेश गरेका थिए । लगातार प्रदेशसभा बैठक अवरुद्ध राजधानीको प्रस्ताव अन्यौलमा परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);