प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, १ चैत । सोमबारका लागि बोलाइएको प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आइतबार सूचना जारी गर्दै अनिश्चितकालका लागि बैठक स्थगित गरिएको जानकारी दिएको छ ।

यसअघि फागुन १९ गते सभामुख प्रदीपकुमार भण्डारीले हिउँदे अधिवेशनको चौथो बैठक सोमबार दिउँसो साढे १२ बजे बोलाएका थिए । तर सचिवालयले विशेष कारण देखाउँदै सोमबारको बैठक स्थगित भएको जानकारी गराएको हो ।

फागुन ९ गते बसेको प्रदेशसभाको बैठकमा सरकार पक्षको अनुपस्थितिमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेस गरिएको थियो ।

एमालेका मुख्य सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिनुपर्ने या सभामुख भण्डारीले खारेज गर्नुपर्ने अडान लिँदै आएका छन् । यद्यपी प्रदेशसभामा पेस भएको अविश्वास प्रस्ताव सभामुखले खारेज गर्न मिल्ने कानुनी व्यवस्था छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);