राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, ७ चैत । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई कम गर्न राष्ट्रिय सभाको बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

शुक्रबार दिउँसो एक बजेका लागि तय भएको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको हो । यसअघि बिहीबार प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको थियो । प्रतिनिधिसभाको बिहिवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रवारका लागि बोलाइएको बैठक यही चैत १३ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले शुक्रवारका लागि बोलाइएको बैठक १३ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो ।प्रनितिधिसभाको बैठक ६ दिनका लागि स्थगित भएपनि राष्ट्रियसभाको बैठक भने शुक्रबार १ बजे बोलाइएको छ । यसअघि बुधबार सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्न निर्देशन दिएपनि राष्ट्रियसभा बैठक भने बिहीबार पनि १ घण्टाभन्दा बढी समय बसेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);