प्रतिनिधिसभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रतिनिधिसभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित

काठमाडौं, ६ चैत । प्रतिनिधिसभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले चैत १३ गतेसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो ।

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेले भोलीका लागि बोलाइएको बैठक १३ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो । प्रनितिधिसभाको बैठक ६ दिनका लागि स्थगित भएपनि राष्ट्रियसभाको बैठक भने भोली (शुक्रबार) १ बजे बोलाइएको छ ।

यसअघि बुधबार सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्न निर्देशन दिएपनि राष्ट्रियसभा बैठक भने बिहीबार पनि १ घण्टाभन्दा बढी समय बसेको थियो ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);