प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित

sanghiya samsadh

काठमाडौं, २१ चैत । प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक सूचना जारी गरेर स्थगित भएको छ ।  यही चैत २३ गतेका लागि बोलाइएको बैठक पनि सूचना जारी गरेर ३० गतेसम्मका लागि सारिएको छ ।

प्रतिनिधिसभाको यसअघिको बैठक फागुन २९ गते बसेको थियो। त्यसयता चैत ७ गते, १३ गते २३ गतेका लागि बोलाइएका बैठक कोरोना भाइरसको संक्रमण फैलिने डरले सूचना जारी गरेर स्थगित गरिएको हो ।

संघीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले शुक्रबार एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमणका कारण मुलुकभर अत्यावश्यक सेवा मात्र सञ्चालनमा रहेको भन्दै प्रतिनिधिसभा बैठक ३० गते दिउँसो १ सम्मका लागि स्थगित भएको जनाउनुभएको छ ।

कोरोना भाइरसको सम्भावित संक्रमणका कारण सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाको आवतजावतमा लगाएको प्रतिबन्ध यथावत राखेको कारण चैत २३ गते बैठक बस्न नसक्ने सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभा नियमावली, २०७५ को उपनियम ३ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक चैत ३० गतेका लागि आह्वान गर्नुभएको पनि सूचनामा उल्लेख छ । राष्ट्रिय सभा बैठक भने अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);