आज चीनका लागि प्रस्तावित राजदूत पाण्डेको संसदीय सनुवाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आज चीनका लागि प्रस्तावित राजदूत पाण्डेको संसदीय सनुवाइ

mahendra-pande

काठमाडौँ, १० चैत । चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको संसदीय सनुवाइ हुने भएको छ । सुनुवाइका लागि समितिको बैठक सोमबार बिहान ११ बजे बस्दैछ । समितिले पाण्डेका विरूद्ध उजुरी आह्वान गरे पनि कुनैपनि उजुरी परेको छैन ।

आजै उनको सुनुवाइ सक्ने समितिको तयारी छ । सुनुवाइ समिति १५ सदस्यीय छ । सरकारले २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको छ । सरकारले तोकेका भन्दा कम समिति सदस्य रहेकाले बैठक गर्न लागिएको बताइएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रतिनिधि सभा बैठक १३ गतेसम्मका लागि स्थगित छ । त्यस्तै राष्ट्रिय सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित छ। संसदीय समितिसमेत कोरोनाको जोखिमकै कारण स्थगित छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);