संसदीय सुनुवाइ समितिको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

संसदीय सुनुवाइ समितिको बैठक स्थगित

joshi

काठमाडौं, १४ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय नगरी संसदीय सुनुवाइ विशेष समितिको सोमबारको बैठक स्थगित भएको छ ।

सुनुवाइ सकिएको ४ दिनपछि सोमबार दिउँसो बसेको बैठक पनि अनिर्णीत हुँदै बुधबारसम्मका लागि स्थगित भएको हो । शैक्षिक प्रमाणपत्र र अन्तरिम आदेश विवादमा तानिएपछि प्रस्तावित प्रधानन्यायधीश जोशीको सिफारिसमा निर्णय लिन समितिलाई सकस परेको बताइएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध शैक्षिक योग्यताको प्रमाणपत्र माथि नै प्रश्न उठेपछि समितिका सदस्यहरु जोशीलाई प्रधानन्यायाधिश बनाउने, नबनाउने विषयमा विभाजित भएका छन । गत बिहीबार दिएको सुनुवाइमा प्रस्तावित प्रधानन्यायाधीश जोशीले मुद्दा फैसलाका क्रममा लगाइएको आरोपको चित्तबुझ्दो जवाफ नदिएको र न्यायायलयको भावी योजनाबारे पनि स्पष्ट योजना पेश गर्न नसकेको समितिका सदस्यहरुको निष्कर्ष छ ।

बैठकमा सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले प्रस्तावित प्रधानन्यायाधिश जोशीविरुद्धको उजुरी गम्भीर प्रकृतिको देखिएको भन्दै प्रधानन्यायाधीशमा अनुमोदन गर्न नसकिनेसम्मको धारणा राखेका समितिका एक सदस्यले बताएका छन ।

यता, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सदस्यहरुले भने प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे निर्णय लिन ढिलाई गर्न नहुने धारणा राख्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);