प्रस्तावित प्रधानन्यायाधीश जोशी माथिको निर्णय नहुँदा शंका उब्जियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रस्तावित प्रधानन्यायाधीश जोशी माथिको निर्णय नहुँदा शंका उब्जियो

joshi

काठमाडौं, १३ साउन । सुनुवाई सकिएको ४ दिन भईसक्दा पनि संघीय संसदको संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दिपकराज जोशी माथिको निर्णय सुनाउन सकेको छैन ।

जोशीमाथि परेका उजुरीमा छलफल गरे निर्णय मात्रै सुनाउन बाँकी राखेको समितिको बैठक पटक पटक स्थगित हँुदै आएको छ । आईतबार बिहान साढे ८ बजे बोलाईएको बैठक पनि सोमबार अपरान्ह २ बजे सम्मका लागि स्थगित गरिएको छ ।

यसअघि शुक्रबार बोलाईएको बैठक बस्दै नबसी आईतबार बिहान साढे ८ बजेका लागि बोलाईएको थियो । सुनुवाई सकेर निर्णय प्रक्रियामा रहेको समितिले निर्णय सुनाउनकै लागि बोलाईएको बैठक दुई पटक सम्म स्थगित गरेपछि शंका उब्जिएको छ ।

विशेष गरेर कामु प्रधानन्यायाधीशको शैक्षिक प्रमाणपत्रको बारेमा संचारमाध्यममा समाचार आईरहनु र समितिले पनि बैठक सार्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । तर समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले भने प्रतिनिधिसभा लगायतका बैठक परेकाले बैठक स्थगित गरिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);