प्रदेश १ को प्रदेशसभा बैठक सोमबार बस्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

प्रदेश १ को प्रदेशसभा बैठक सोमबार बस्ने

विराटनगर, १५ चैत । प्रदेश १ को प्रदेशसभा बैठक सोमबार बस्ने भएको छ ।

प्रदशे सभा सचिवालयले आइतबार एक सूचना निकाल्दै प्रदेश सभा बैठक सोमबार २ बजे बसिने जानकारी दिएको हो । पछिल्लो पटक गत चैत १ गते बोलाईएको बैठक स्थगित भएको थियो ।

मुख्यमन्त्री शेरधर राईविरूद्ध अविश्वास प्रस्ताव पेश भएपछि प्रदेशसभा बैठक सूचना निकाल्दै सरिरहेको थियो।

अब भने एमालेको नेपाल पक्षका सांसदहरुले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने भएका छन् जसले गर्दा भोली बोलाईएको प्रदेश सभा बैठक स्थगित हुने सम्भावना कम रहेको आंकलन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);