प्रदेश नम्बर एकको प्रदेश सभा बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

प्रदेश नम्बर एकको प्रदेश सभा बैठक आज बस्दै

pradesh 1

विराटनगर, ९ फागुन । गत माघ २५ गतेको प्रदेश सभा बैठकमा सत्तापक्षकै सांसदले अवरोध गरेपछि स्थगित भएको प्रदेश नम्बर एकको प्रदेश सभा बैठक आज बस्दैछ । सभामुख प्रदीप कुमार भण्डारीले अनुसार आज दिउँसो २ बजेका बैठक बोलाइएको छ ।

ओली समूहका सांसदले पार्टी औपचारिक रुपमा विभाजित नभएसम्म बैठक चल्न नदिने अडान लिएका कारण आजको बैठक चल्ने संभावना पनि न्यून रहेको बताइएको छ । प्रदेशसभा सचिवालयलका अनुसार बैठक चल्न सकेमा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ ।

नेकपाको दाहाल–नेपाल समूहका ३७ जना सांसदहरूले मुख्यमन्त्री राईविरूद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । ती मध्ये केही सांसदले भने हस्ताक्षर फिर्ता लिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);