पर्यटकीय स्थल खोप्रा लेक, पाउद्वार जोड्ने मोटरेवल पुलको शिलन्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

पर्यटकीय स्थल खोप्रा लेक, पाउद्वार जोड्ने मोटरेवल पुलको शिलन्यास

सन्दिप शर्मा

म्याग्दी, ९ फागुन । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको पर्यटकीय स्थल खोप्रालेकमा मोटरेवल पुल निर्माणका लागि शिलन्यास भएको छ । अन्नपुर्ण गाउँपालिका– ६ लाई वडा नम्बर ५ सँग जोड्ने घट्टे (घार) खोला आर सिसि मोटरेवल पुलको शिलन्यास भएको हो ।

पाउद्वार एवम् मोहरे डाँडालगायतका क्षेत्रलाइ सडक सञ्जाल सँग जोड्ने मोटरेवल पुल निर्माण हुन लागे पछि यहाँका स्थानिय उत्साहित देखिएकाछन । उक्त मोटरेवल पुलले पाउद्वार क्षेत्रका बासिन्दालाई केन्द्रीय सडक सञ्जाल सँग जोड्नुका साथै आन्तरीक तथा बाह्य पर्यटकहरुलाई पनि पर्यटकीय क्षेत्रको भ्रमणका लागि सहजता प्रदान हुने बताईएको छ ।

मोटरेवल पुन निर्माणका लागि स्थानिय लामो समय देखि लाग्दै आएपनि निकै लामो समय देखिको प्रयास भए सफल हुन सकेको थिएन । वर्तमान सरकारको पालामा आएर मात्रै योजनाले मूर्त रुप लिएको र जोखीम मोेलेर खोलामा हेलिएर तर्नु पर्ने बाध्यता हट्ने भएपछि स्थानियहरुले खुसी ब्यक्त गरेकाछन ।

जिल्ला आयोजना कार्यान्वयन ईकाईका अनुसार २०७६ माघ १७ गते उक्त पुलको सम्झौता भएको भए पनि रिडिजाइन गर्न परेकोले २०७७ असोज ८ गते मात्र कार्यआदेश दिइएको थियो । पुरानो सम्झौता अनुरुप २०७८ साउन २४ गते सम्पन्न हुन पर्ने भए पनि केही प्राविधिक समस्या एवम् कोभीड–१९ को कारणले पुलको शिलन्यास गर्न ढिला भएकोहो ।

शिलन्यास कार्यक्रममा सहभागी हुनका लागि पाउद्वार क्षेत्रका आमा समूह, युवा क्लब तथा अन्य स्थानिय वासिन्दाहरु डेढ घण्टाको पैदल यात्रा गरेर घट्टे(घार)खोलामा आईपुुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);