पंखुखोलामा पुल निर्माण नहुँदा स्थानीयलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पंखुखोलामा पुल निर्माण नहुँदा स्थानीयलाई सास्ती

सिताराम राई सञ्जिव

खोटाङ, २५ माघ । निर्माण कम्पनीको लापरवाहीका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा पर्ने पंखुखोलामा मोटरेवल पुलको निर्माण कार्य विगत साढे ५ बर्ष देखि अलपत्र रहेको छ । दिक्तेल–भोजपुरका लागि प्रमुख तथा छोटो दुरी मार्गमा रहेको पंखुखोलामा पुल निर्माणमा ढिलासुस्ती हुँदा दिक्तेल–चखेवाभञ्ज्याङ–भोजपुर सडक खण्डमा आवतजावत गर्ने यात्रुहरु जोखिम मोलेर खोला तर्न बाध्य छन् ।

वर्षाको समयमा भल बाढी तर्न नसक्दा विद्यार्थीहरु विद्यालय सम्म पुग्न नसक्ने अवस्था छ । त्यसैगरी पुल नभएकै कारण बर्षा याममा बिरामीहरुलाई अस्पताल जानसमेत कठिनाई हुने गरेको वडा स्वास्थ्य प्रमुख रुपक बुढाथोकी बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्र्तगत सडक विभाग कार्यालय धुलिखेलको २ करोड २९ लाखको लागतमा ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सनले २०७३ साल असारभित्रमा निर्माण कार्य सम्पन्न गर्ने गरि २०७२ साल असोज सात गत्ते ठेक्का सम्झौता गरेको थियो । सडक विभाग र ठकेदारविच भएको तत्कालिन सम्झौता अनुसार ३१ महिना अगाडी अर्थात् गत २०७५ साल असार मसान्तभित्रै उक्त पुलको निर्माणकार्य सम्पन्न गरिसक्नुपर्ने थियो । हालसम्म ठेकेदार कम्पनीले ९१ लाख भुक्तानी लिई सकेको छ ।

सडक विभाग र ठेकेदारविच भएको सुरुको सम्झौता अवधिभित्र ठकेदारले पुलको निर्माण कार्य सम्पन्न गर्न नसकेपछि दुईपटक म्याद थप गरिसकिएको छ । अन्तिम पटक थप गरिएको म्याद पनि २०७७ साल असारमै सकिसकेको छ ।

दुईदुई पटक म्याद थप गर्दा पनि पुलको फाउन्डेसन र सब–इस्ट्रक्चरको केही प्रतिशत मात्र काम सकिएको पाइएको छ । पुल अलपत्र छाडेर महिनाँैदेखि सम्पर्कविहिन बनेको उक्त ठेकेदार कम्पनीलाई सडक विभागले यसअघिनै कारबाहीको प्रकृयामा लगिने चेतावनी दिएपछि पुल निर्माणलाई निरन्तरता दिने प्रतिवद्धता गरेपनि पुलको थप प्रगति हुन नसकेको पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय धुलीखेलले बताएको छ । यता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भने निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दा समेत अटेर गर्दै आएको नगर उपप्रमुख विणदेवी राईले जानकारी दिनुभयो ।

हालसम्म पुलको भौतिक प्रगति करिव ४० प्रतिशत सम्पन्न भएको जनाइएको छ । मध्यपहाडी लोकमार्ग अन्र्तगत खोटाङ खण्डमा अधिकांस खोलाहरुमा पुल लगायत आवश्यक संरचना निर्माण भइसकेपनि जोखिमपूर्ण मानिएको पंखु खोलामा हालसम्म पुल निर्माण नसकिँदा यो सडक खण्ड हिँउदभर सञ्चालन भएपनि बर्षा लागेसंगै बन्द हुने बाध्यता रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);