पश्चिमी वायुको प्रभावका कारण प्रभावित मौसममा क्रमिक सुधार | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

पश्चिमी वायुको प्रभावका कारण प्रभावित मौसममा क्रमिक सुधार

काठमाडौं, २५ माघ । पश्चिमी वायुको प्रभावका कारण प्रभावित मौसम आइतबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजदेखि मौसम सफा हुँदै गएको हो ।

बिहीबारदेखि देशका अधिकांश भूभागको मौसम बदली भई हिउँदे वर्षा हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएको थियो । अबको केही दिन कुनै मौसमी प्रणाली विकसित हुने सम्भावना नरहेको र पश्चिमी वायुको प्रभाव हटेसँगै गर्मी शुरु हुने जनाइएको छ ।

काठमाडौँ उपत्यका वरपरका अग्ला डाँडामा हिउँ परेकाले आइतबार बढी चिसो महसुस भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज १ दशमलव शून्य डिग्रीमा झरेको छ । काठमाडौँको न्यूनतम तापक्रम शनिबार ३ दशमलव ५ डिग्री सेल्सियस थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);