रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार भई आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएको प्रकरणले संसदमा गरेको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले यो प्रकरणबारे संसदमा प्रश्न उठाउनुभएको हो । यसअघि एक युट्युब च्यानलबाट उद्धार भई आइसीयूमा उपचाररत व्यक्तिसँगको अन्तर्वार्ता सार्वजनिक भएको थियो । सांसद बास्कोटाले अस्पतालको आईसियूमा उपचाररत बिरामीको संवेदनशीलता र गोपनीयतामाथि प्रश्न उठ्ने गरी अन्तर्वार्ता सार्वजनिक गरिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले आईसियूमा अत्यन्त जटिल अवस्थामा रहेका बिरामीको उपचार गरिने भएकाले त्यहाँ बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्चता दिनुपर्ने बताउनु भयो । उहाँले आईसियूमा उपचाररत बिरामीलाई निश्चित समयका लागि मात्र परिवारका सदस्यलाई भेट्न दिइने उल्लेख गर्दै दुई दिनअघि सार्वजनिक भएको उक्त अन्तर्वार्ताले स्वास्थ्य क्षेत्रको संवेदनशीलता उदांगो पारेको बताउनु भयो ।
विपद्मा स्वास्थ्य पत्रकारिताको सीमा के हो ? सांसद बास्कोटाको प्रश्न छ ।
This website uses cookies.