अकस्मात वर्षा पछि चिसो बढ्दा जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

अकस्मात वर्षा पछि चिसो बढ्दा जनजीवन प्रभावित

rain4

तेजना पण्डित र कविता कार्की
काठमाडौं, १० माघ । पश्चिमी वायुको प्रभावका कारण मैसम बदली भइ आज देशको अधिकांश स्थानमा बर्षा भएको छ । अकस्मात वर्षा पछि हिमपातसँगै चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।

सामान्यतया हिउँदको सुरुवाती महिनामा नै पानी पर्ने भएपनि यसपाली ढिलो गरी वर्षा भएको छ । यसअघि काठमाडौं र पश्चिमका केही स्थानमा फाटफुट बर्षा भएपनि हिउँद लागेपछि पहिलो पटक जमिन भिज्ने गरी पानी परेको छ ।

अकस्मात बर्षा भएपछि बुधबार विहान विद्यालय जाने विद्यार्थी र दैनिक मजदुरीमा निस्कनेहरु समस्यामा परे । मौसमविदका अनुसार पश्चिमी वायुको न्यूनचापीय प्रणालीको कारण बर्षा भएको हो । बर्षा भएसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने चिसो पनि बढेको छ । सबैभन्दा बढी डढेलधुरामा १२ मिलिलिटर र सबैभन्दा कम सिमरामा १ मिलिलिटर बर्षा भएको छ ।

पश्चिमी वायुको प्रभावले बर्षा भन्दा पनि हिमपात बढि हुने भएकाले उच्च पहाडी र हिमाली क्षेत्रका सबै भागमा हिमपात हुने मौसमविदको भनाइ छ । मंगलबार राति देशको पश्चिमी भेगबाट प्रवेश गरेको वायुले मध्ये हुँदै पूर्वी भेगसम्म प्रभाव जमाइसकेको छ । बिहिबारसम्म पश्चिमी वायुको प्रभाव कम हुँदै जाने र मौसममा सुधार आउने जनाइएको छ । बिहिबारको तापक्रम भने घट्ने मैसमविद पौडेलको भनाइ छ ।

बर्षा भएसँगै वायुमण्डलमा धुम्मिएको धुलोको कण हट्दा मौसम सफा हुने छ । साथै बर्षा र हिमपातले हिँदेबालीका लागि कृषकलाई केहीहदसम्म भएपछि राहत मिलेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);